लघुवित्तले कुल ६ लाख कित्ता आईपीओ निष्कासन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फन्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता सेयर सर्वसाधारणमा खुला गरिएको थियो ।
चौतारी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर कुल आवेदकमध्ये ५६ हजार ७० आवेदकले मात्रै गोलाप्रथाबाट सेयर पाएका छन् भने २ लाख १७ हजार १ सय २२ जनालाई परेन । मागभन्दा बढी आवेदन परेपछि चारगुणभन्दा बढी आवेदकलाई सेयर नपरेको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताको दरले ५६ हजार ७० आवेदकले मात्रै लघुवित्तको सेयर पाएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको भनाइ छ । संस्थाको आर्इपीओमा कुल २ लाख ७३ हजार १९२ जनाले आवेदन गरेकोमा ४७५ रद्द भएको छ ।
कम्पनीको सेयरमा रितपुर्वक एक करोड ७१ लाख १३ हजार १३० कित्ता बराबरको लागि एक अर्ब ७१ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ताको लागि परेकोमध्ये ४० हजार ६४० कित्ता सेयरका लागि परेको आवेदन रद्ध भएको छ ।लघुवित्तको आईपिओमा ३०.५९ गुणा बढी आवेदन परेको थियो ।
लघुवित्तले कुल ६ लाख कित्ता आईपीओ निष्कासन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फन्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता सेयर सर्वसाधारणमा खुला गरिएको थियो ।
लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।
लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।