११४९.२३ अङ्कबाट सुरु भएको परिसूचक १७ अङ्कले बढ्दै ११६६.५८ अङ्क कायम भएर फकिएको हो । नेप्से परिसूचक अहिले ११६२.६६ अङ्क कायम भएको छ ।
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको दुई घन्टामा १३ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि नै लगातार बढेको सेयर बजार मापक नेप्से दुई घण्टाको समयमा १३ अङ्कले बढेको हो । ११४९.२३ अङ्कबाट सुरु भएको परिसूचक १९ अङ्कले बढ्दै ११६८.१७ अङ्क कायम भएर फकिएको हो । नेप्से परिसूचक अहिले ११६२.६६ अङ्क कायम भएको छ ।
यस अवधिमा नेप्सेमा १३६ कम्पनीको कारोबार भई २ हजार १ कारोबारबाट ५ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री भई १८ करोड रुपैयाँबराबरको कारोबार भएको छ । लगानीकर्ताले सेयर बजार सुधारको माग राख्दै गत सातादेखि नेप्सेको भवन अगाडि रिले अनशन बसिरहेका छन् । उनीहरु अनशन बढेको साता २८ अङ्कले बढेको नेप्से यस साताको पहिलो दिन नै १७ अङ्कसम्म बढेको हो ।