आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १०ः७ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम जारी तथा चुक्ता पुँजी ६ करोडको १० कित्ता सेयरबराबर ७ कित्ताका दरले हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले १०ः७ अनुपातमा सेयर जारी गर्ने निर्णय साधारणसभामा लग्ने भएको छ । साथै हकप्रद सेयर जारी गर्दा आउने भिन्न अङ्कलाई माथिल्लो पूर्ण अङ्कमा आवेदन...
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १०ः७ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम जारी तथा चुक्ता पुँजी ६ करोडको १० कित्ता सेयरबराबर ७ कित्ताका दरले हकप्रद निष्कासन गर्ने भएको हो ।
कम्पनीले १०ः७ अनुपातमा सेयर जारी गर्ने निर्णय साधारणसभामा लग्ने भएको छ । साथै हकप्रद सेयर जारी गर्दा आउने भिन्न अङ्कलाई माथिल्लो पूर्ण अङ्कमा आवेदन दिन पाउने गरी जारी गर्ने आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने जनाइएको छ । लघुवित्त सेवालाई थप विकास र विस्तार गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।