कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से २० अङ्क पुगेपछि घटेर १२ अङ्क बढेको अवस्थामा कायम भयो । लगत्तै उकालो लागेको नेप्से स्थिर अवस्थमा रहेर बढ्दै १९ अङ्क माथि उक्ल्यो ।
काठमाडौं । सरकारले पुँजीबजारको समस्या समधान हुने देखेपछि आईतबार सेयर बजारमा उछाल देखिएको छ । अर्थ मन्त्रालयद्वारा गठित ४ सदस्यीय समितिले केही दिनभित्रै प्रतिवेदन अर्थ मन्त्रालय बुझाउदै छ । प्रतिवेदन सकारात्मक आउने आशमा लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा सुधार आउने देखिएको हो । आइतबार सेयर बजार मापक नेप्से १८.८९ अङ्कले बढेको छ ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्टको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, सेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्य रहेको समिति गठन गरेको थियो । आइतबारसम्म प्रतिवेदन नबुझाएपछि समितिले थप समय मागेको अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बताए । समितिबाट समय थप्न माग भएको जानकारी दिए ।
कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से दुई घण्टामै करिब २० अङ्क बढेको थियो । लगातार बढेर १९।२२ अङ्कसम्म पुगेको नेप्सेमा तीव्र उतराचढाव आयो । छिमेक लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी कारोबार भएको दिन नेप्से १८।८९ अङ्कले बढेको हो । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से २० अङ्क पुगेपछि घटेर १२ अङ्क बढेको अवस्थामा कायम भयो । लगत्तै उकालो लागेको नेप्से स्थिर अवस्थमा रहेर बढ्दै १९ अङ्क माथि उक्ल्यो ।
नेप्सेमा आज छिमेक लघुवित्तको ५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ भने रैराङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५ प्रतिशतले घटेको छ । उत्पादनमूलकबाहेक सबै समूह सुधार भएको दिन आज नेप्सेमा १० समूहको कारोबार भएको छ । उत्पादनमूलक ८।४३ अङ्कले घटेको छ । यस्तै नेप्सेमा सबैभन्दा बढी निर्जीवन बिमा १६७।२१, जीवन बिमा १३३।३७, लघुवित्त ३७।५२, होटल ३०।३८, बैङ्किङ १७।७६ अङ्कले बढेको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडा सेयर बजारप्रति सकारात्मक भएकाले त्यसको सकारात्मक प्रभाव नेप्सेमा परेको नेपाल पुँजीबजार सङ्घका अध्यक्ष नवराज सुवेदीले बताए । उनले लगानीकर्ता गत सातादेखि अनशन बसिरहेकाले पनि सेयर बजारमा सकारात्मक ऊर्जा थपेको बताएका छन् । अर्थ मन्त्रालयले गठन गरेको समितिले बुझाएको प्रतिवदेनलाई अर्थमन्त्रीले सम्बोधन गर्ने सम्भावना ज्यादा रहनु सेयर बजारमा प्रभाव पार्ने अर्को पाटो भएको सुवेदीको भनाइ छ ।