नेपालको पासपोर्टले बिना पूर्वभिसा कुन् कुन् देश जान सकिन्छ ?

विश्वमा अझै पनि केही राष्ट्रहरू छन् जहाँ हामीलाई बिना पूर्वभिसा एयरपोर्टबाट त्यहाँको अध्यागमन विभागले उनीहरुको देशमा छिर्न दिन्छ । नेपाली पासपोर्ट विश्वको ९०औं श्रेणीमा पर्छ ।

प्रायः सबैले अमेरिका तथा युरोपजस्ता राष्ट्रहरूको भिसा प्राप्त गर्न निकै पापड बेल्नु पर्छ । तर, विश्वमा अझै पनि केही राष्ट्रहरू छन् जहाँ हामीलाई बिना पूर्वभिसा एयरपोर्टबाट त्यहाँको अध्यागमन विभागले उनीहरुको देशमा छिर्न दिन्छ । नेपाली पासपोर्ट विश्वको ९०औं श्रेणीमा पर्छ ।

नेपालको पासपोर्टले बिना कुनै पूर्वभिसा लिई विश्वका ३७ भन्दा बढी राष्ट्रहरूमा यात्रा गर्न सकिन्छ तर पनि भ्रमणपूर्व त्यस मुलुकको दूतावासबाट थप जानकारी प्राप्त गर्नु उत्तम हुन्छ ।

नेपाली पासपोर्टका लागि भिसाफ्री देशहरूको सूची

बोलिभियाः भिसा अन अराइभल (९० दिनको)
डिजिबूतीः भिसा अन अराइभल
डोमिनिकाः भिसा आवश्यक नपर्ने (२१ दिन)
बुरुन्डीः भिसा अन अराइभल (३० दिन)
कम्बोडियाः भिसा अन अराइभल (३० दिन)
केप भर्डेः भिसा अन अराइभल
कोमोरोसः भिसा अन अराइभल
ग्युनिया–बिसाऊः भिसा अन अराइभल (९० दिन)
गाम्बियाः भिसा आवश्यक नपर्ने (९० दिन)
मालावीः भिसा आवश्यक नपर्ने (९० दिन)
मालदिभ्सः भिसा अन अराइभल (३० दिन)
मालीः भिसा अन अराइभल
मौरिटानियाः भिसा अन अराइभल
माइक्रोनेसियाः भिसा आवश्यक नपर्ने (३० दिन)
मोजाम्बिकः भिसा आवश्यक नपर्ने (३० दिन)
तान्जानियाः भिसा अन अराइभल (९० दिन)
टिमोर–लेस्तेः भिसा अन अराइभल (३० दिन)
हाइटीः भिसा आवश्यक नपर्ने (९० दिन)
भारतः भिसा आवश्यक नपर्ने
पलाउः भिसा अन अराइभल (३० दिन)
टोगोः भिसा अन अराइभल (७ दिन)
तुभालुः भिसा अन अराइभल (३० दिन)
केन्याः भिसा अन अराइभल (९० दिन)
लाओसः भिसा अन अराइभल (३० दिन)
मेडागास्करः भिसा अन अराइभल (९० दिन)
म्यान्मारः ईभिसा (२८ दिन)
पाकिस्तानः भिसा आवश्यक नपर्ने (एक महिना)
युगान्डाः भिसा अन अराइभल
फिलिपिन्सः भिसा आवश्यक छैन (३० दिन)
सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडाइन्सः ३० दिनका लागि भिसा आवश्यक छैन
सोमालियाः भिसाको आवश्यकता÷भिसा अन अराइभल (३० दिन)
समोआः आगमनमा प्रवेश अनुमति (३० दिन)
सेशेल्सः आगमनमा एक महिनाको अनुमति
श्रीलङ्काः ईभिसा (३० दिन)
सिङ्गापुरः भिसा अन अराइभल (३० दिन)