२१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई ७५ करोड ६१ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । ५४ प्रतिशत संस्थापक र ४६ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
काठमाडौं । निजी लगानीमा स्थापना भएको युनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्नका लागि हालै स्वीकृति प्रदान गरेको हो । कम्पनीलाई आईपीओ निष्कासनको बाटो खुला भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । जसअनुसार २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई ७५ करोड ६१ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । ५४ प्रतिशत संस्थापक र ४६ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । यस्तै यही समूहअन्र्तगतको राधी विद्युत कम्पनी लिमिटेडले पनि हालै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।