बैङ्कले ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद लिलामीको सूचना निकालेको छ । जसमा संस्थापक लगानीकर्ता श्रेष्ठ र प्रधानको ६५ लाख १६ हजार ७९३ कित्ता छ । यस्तै सर्वसाधारण समूहको पनि बिक्री नभएको १३ लाख ९४ हजार १९८ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैङ्कले पुस २० गते शुक्रबार बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ ।
काठमाडौं । २ जना संस्थापकले हकप्रद सेयर खरिद नगरेपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले लिलामी गर्न लागेको छ । संस्थापक एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ र लगानीकर्ता निर्मल प्रधानले आफ्नो हिस्सामा रहेको हकप्रद खरिद नगरेपछि बैङ्कले लिलामी गर्न लागेको हो ।
बैङ्कले ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद लिलामीको सूचना निकालेको छ । जसमा संस्थापक लगानीकर्ता श्रेष्ठ र प्रधानको ६५ लाख १६ हजार ७९३ कित्ता छ । यस्तै सर्वसाधारण समूहको पनि बिक्री नभएको १३ लाख ९४ हजार १९८ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैङ्कले पुस २० गते शुक्रबार बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ ।
संस्थापकतर्फ १ हजार र सर्वसाधारणतर्फ १०० कित्ता हकप्रद सेयर भर्नुपर्ने हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।चुक्ता पुँजी बढाएर न्यूनतम ८ अर्ब रुपैयाँ पुर्याउन बैङ्कले ५० प्रतिशत अर्थात् २ अर्ब ३३ करोड रुपैयाँ बराबरको २ करोड ३३ कित्ता हकप्रद निष्कासन गरेको थियो । हकप्रद निष्कासन गत भदौ ५ देखि असोज २२ गतेसम्म तोकिएको थियो । निर्धारित समयमा पनि बिक्री नभएपछि लिलामी गर्न लागेको सनराइजले जानकारी दिएको छ ।
लक्ष्मीबहादुरले बैङ्कको ऋण चुक्ता गर्नका लागि प्रतिकित्ता २१० रुपैयाँ तोकेर झण्डै ८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेका थिए ।लक्ष्मीबहादुरले मात्रै झण्डै ३५ करोड रुपैयाँ हकप्रद सेयर खरिदमा लगानी गर्नुपर्ने थियो । त्यसबेला नेपाल इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँमा संस्थापक सेयर बिक्री खुला गरेपछि लक्ष्मीबहादुरको सेयर बिक्री नभएको हो ।
हकप्रद निष्कासनपछि पनि बैङ्कको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छैन । बाँकी पुँजी बोनस सेयर दिएर पुर्याउने बैङ्कको योजना छ ।कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले खरिद गर्ने सम्भावना छ । कोषले यसअघि खरिदको प्रयास गरेको थियो ।