जफत भएको सेयर समितिको नाममा ल्याएर हालको प्रचलित मूल्यमा बिक्री गर्ने समितिले जनाएको छ । यस्तै दुई साताअघि मात्र समितिले सुधीर श्रीमतिको नाममा रहेको ग्लोबल आईएमई बैंकको सेयर जफत गरेको थियो ।
काठमाडौं । सरकारले समस्याग्रस्त घोषित ओरेन्ट कोअपरेटिभ लिमिटेडका तत्कालिन महाप्रवन्धक राजेश श्रेष्ठको नाममा रहेको प्रभु बैंकको सेयर जफत गरेको छ ।
श्रेष्ठकी श्रीमति प्रतिभा शर्माको नामा रहेको ३६ हजार २२२ कित्ता सेयर जफत गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ । जसअनुसार २६ हजार १९५ कित्ता संस्थापक र १० हजार २७ कित्ता साधारण सेयर रहेको समितिले जनाएको छ ।
जफत भएको सेयर समितिको नाममा ल्याएर हालको प्रचलित मूल्यमा बिक्री गर्ने समितिले जनाएको छ । यस्तै दुई साताअघि मात्र समितिले सुधीर श्रीमतिको नाममा रहेको ग्लोबल आईएमई बैंकको सेयर जफत गरेको थियो ।
ओरेन्टलमा सुधीर बस्नेत कार्यकारी अध्यक्ष र राजेश श्रेष्ठ महाप्रवन्धकको रुपमा कार्यरत रहेका बेला संस्था समस्यामा परेको थियो । ओरेन्टलले अर्बो रुपैयाँ सर्वसाधारणको निक्षेप फिर्ता दिन बाँकी छ । यस्तै सुधीरले पनि विभिन्न हाउजिङ कम्पनीमा लगानी गरी १२ अर्ब रुपैयाँ सर्वसाधारणको लगानी डुवाएका छन् ।