अपी पावरले ५ प्रतिशत मात्र बोनस सेयर दिने

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारणसभा पुस २४ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ ।

सभामा सञ्चालक समितिको निर्वाचन गर्नुका साथै संरचना परिवर्तन गर्ने कम्पनीले जानकारी दिएको छ ।