चिलिमे जलविद्युतको साधारणसभा पुस २७ मा, २५ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले २० प्रतिशत ७९ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशत अर्थात १९ करोड ८२ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्ने छ ।