आज नेप्सेमा १ सय ५९ कम्पनीको ५ हजार ६ सय ७४ कारोबारबाट १४ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भई ५३ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा ७ करोडले बढी हो ।
दुई दिन लगातार सेयर बजार बढेपछि तेस्रो दिन ब्रेक लागेको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कले बढेपछि तेस्रो दिन सोही अन्तरले बजार घटेको छ । ११८३.१२ अङ्कबाट सुरु भएको कारोबार १४ अङ्कले घट्दै ११६८ अङ्कमा आएको छ ।
आज नेप्सेमा १ सय ५९ कम्पनीको ५ हजार ६ सय ७४ कारोबारबाट १४ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भई ५३ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा ७ करोडले बढी हो ।
नेप्सेमा हिजो सोमबार १ सय ५९ कम्पनीका ३ हजार ६ सय ७० कारोबारबाट १२ लाख ६० कित्ता सेयर खरिदबिक्री भई ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
करिब ४५ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि १८ अङ्क घट्यो । लगत्तै केही अङ्कले बढेको सेयर बजार घटेकै अवस्थामा १० अङ्कले सुधार भयो । फेरी ओरालो लाग्दै स्थिर अवस्थामा रहेको बजार अन्तिममा १४ अङ्कले घटेको हो ।
मङ्गलबार नेप्सेमा दुई समूहबाहेक सबै समूह घटेका छन् । उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूह घटेका हुन् ।