लगानीकर्ता आक्रामक भएपछि संयमित हुन बोर्डको आग्रह

विगत केही दिनदेखि लगानीकर्ताले पुँजी बजारसम्बन्धी राखेका माग तथा दोस्रो बजारको कारोबार रोक्नेसम्बन्धी भएका कामप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लगानीकर्ताले ब्रोकर कम्पनीमा आक्रमण गरेपछि नेपाल धितोपत्र बोर्डले संयमित हुन अनुरोध गरेको छ । विगत केही दिनदेखि लगानीकर्ताले पुँजी बजारसम्बन्धी राखेका माग तथा दोस्रो बजारको कारोबार रोक्नेसम्बन्धी भएका कामप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले पछिल्लो समयमा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरु (ब्याजदर, सेयर बजार, ऋणपत्र) को समग्र मूल्याकङ्न गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा जोड दिने जनाएको छ ।

बोर्डले भनेको छ, ‘पुँजी बजारमा देखिएका समस्या पहिचान गरी सुझाव पेश गर्न बोर्डको प्रतिनिधिसहित लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहने गरी नेपाल सरकारबाट उच्चस्तरीय समिति गठन भई उक्त समितिले चाँडै नै आप्mनो प्रतिवेदन बुझाउने क्रममा छ ।’