नेपाल टेलिकमले लगानीकर्तालाई ५५ रुपैयाँ लाभांश दिने

टेलिकमको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।

काठमाडौ । नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर ५५ रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी ११ औं वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ । गत आर्थिक वर्षमा टेलिकमले १५ अर्ब रुपैयाँ नाफा गरेको थियो ।