घलेम्दी हाइड्रोले १४ करोड ७८ लाखको आईपीओ निष्कासन गर्ने, पुस १९ देखि बिक्री खुला

इक्रा नेपालले सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको विश्लेषण गर्दै आइपिओ ग्रेड पाँच दिएको छ ।

काठमाडौ । निजी लगानीमा स्थापना भएको घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले१४ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोडको २० प्रतिशतले हुन आउने ११ करोड बराबरका १०० रुपैयाँ अङ्कित दरका ११ लाख कित्ता मध्ये २ प्रतिशत कम्पनीको सेवामा रहेका कर्मचारीलाई छ्ट्याइएको छ ।

यस्तै ५५ हजार कित्ता सामूहिक लगानीका लागि छुट्याएर बाँकी रहेका १० लाख २३ हजार कित्ता र आयोजना प्रभावित म्याग्दी अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि बिक्री गरिएकामध्ये पूर्णरुपमा बिक्री नभएको ४ लाख ५५ हजार ७७० कित्ता थप गरी १४ लाख ७८ हजार ७७० कित्ता आईपीओ बिक्री गर्न लागिएको हो।

आईपीओ यही पुस १९ देखि २३ गतेसम्म बिक्री गर्ने गरी बोर्डले स्वीकृति दिएको छ । इक्रा नेपालले सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको विश्लेषण गर्दै आइपिओ ग्रेड पाँच दिएको छ । रासस