एनएसीको प्रवक्तामा क्याप्टेन विजय लामा

सिनियर क्याप्टेनका रुपमा रहेका लामाले बुधबारबाट प्रवक्ताको जिम्मेवारी लिएका छन् ।

काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)ले प्रवक्ताको जिम्मेवारी क्याप्टेन विजय लामालाई दिएको छ । सिनियर क्याप्टेनका रुपमा रहेका लामाले बुधबारबाट प्रवक्ताको जिम्मेवारी लिएका छन् ।

नेपाल एयरलाइन्सको सिनियर क्याप्टेनका रुपमा रहेका लामाले प्रवक्ताको जिम्मेवारीसँगै विमान पनि उडाउने छन् । ‘निगमले दिएको जिम्मेवारी पूरा गर्न तयार छु,’ क्याप्टेन लामाले क्यापिटलसँग कुरागर्दै भने, ‘यो मेरा लागि राम्रो अवसर हो ।’

यसअघि प्रवक्ताको जिम्मेवारी अशोक सिग्देलले लिएका थिए ।