तीव्र उतराचढाव आएको नेप्से ५ अङ्क घट्यो

बुधबार नेप्से ५.४६ अङ्कले घटेसँगै ११६२.७० अङ्क कायम भएको छ । आज नेप्से ११६८.२९ अङ्कबाट सुरु भएको थियाे ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार कारोबार भएका १० समूहमध्ये ६ समूह ओरालो तथा ५ समूहमा सुधार आएको सेयर बजार ५ अङ्कले घटेको छ । विकास बैङ्क, फाइनान्स, निर्जीवन बिमा तथा उत्पादनमूलक समूह बढे पनि अन्य सुचक ओरालो लाग्दा समग्र नेप्से घटेको हो ।

नेप्सेमा विकास बैङ्क १४.९७, निर्जीवन बिमा १७.६९, उत्पादनमूल २.३३ तथा फाइनान्स १.०३ अङ्कले बढेको छ । तर बैङ्किङ ८.६५, होटल ५.५४, जीबन बिमा ३६.५६ अङ्कले घटेको छ । बुधबार नेप्से ५.४६ अङ्कले घटेसँगै ११६२.७० अङ्क कायम भएको छ । आज नेप्से ११६८.२९ अङ्कबाट सुरु भएको थियाे ।

घट्दो अवस्थाबाट सुरु भएको सेयर बजार कारोबारको १ घण्टाभित्र ९ अङ्क घटेपछि केही सुधार भयो । नेप्से बढ्दै २ अङ्कबाट सुधार भएको थियो । तर, फेरि ओरालो लागेको नेप्से ११६२ अङ्क कायम भएको हो ।

बैङ्कहरुले ब्याजदर वृद्धि गर्न थालेसँगै ओरालो लाग्न सुरु गरेको सेयर बजार लगातार दोस्रो दिन घटेको हो । साताका अघिल्ला दुई दिन बढेको नेप्से पछिल्ला दुई दिन भने घटेको छ ।