कम्पनीले ४ प्रतिशत बोनस सेयर तथा ५.३० प्रतिशत नगद गरी ९.३० प्रतिशत लाभांश दिने भएको हो ।
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट ९.३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर तथा ५.३० प्रतिशत नगद गरी ९.३० प्रतिशत लाभांश दिने भएको हो ।
४ प्रतिशतका दरले १० करोड २ लाख ५५ हजार ४ सय रुपैयाँबराबरको बोनस सेयर तथा ५.३० प्रतिशतका दरले १३ करोड ७८ लाख ५१ हजार १ सय ७५ रुपैयाँको नगद लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत पाएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने छ ।