जसअनुसार स्पर्श लघुवित्तले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता, जनसेवी लघुवित्तले ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार र स्वाभिमान लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
काठमाडौं । विभिन्न ३ ओटा लघुवित्त संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको ८ लाख ६९ हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
जसअनुसार स्पर्श लघुवित्तले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता, जनसेवी लघुवित्तले ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार र स्वाभिमान लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
३ वटै संस्थाले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डबाट स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन हुने छ ।
जलविद्युत र लघुवित्त गरी २० संस्थाले २ अर्ब ३१ करोड रुपैयाँ बराबरको २ करोड ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको बोर्डले जनाएको छ ।