डेपुटी गभर्नरको संयोजकत्वमा गठित समितिले बुझायो सुझाव प्रतिवेदने, कार्यन्वयन गर्न अर्थको निर्देशन

काठमाडौं । मु्द्रा र पुँजी बजारमा देखिएको प्रवृत्तिको अध्ययन गरी समधानका सुझाव सहित प्रतिवेदन समितिले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको छ । नेपाल राष्ट बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिले बुधबार अर्थमन्त्री खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

अध्ययन प्रतिवेदनले मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र पक्षको अध्ययन गरी स्पष्ट कार्ययोजना समेटिएको मन्त्रालयले जनाएको छ । उच्चस्तरिय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा छलफल भई सो प्रतिवेदनमा उल्लेख गरिएका सुझावहरुलाई यथासिघ्र कार्यन्वयन गराउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । समितिमा अर्थ मन्त्रालयका प्रतिनिधी, धितोपत्र बोर्ड, सेयर लगानीकर्ता संघ र नेपाल बैंकर्स संघका प्रतिनिधि रहेका थिए ।