कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि सेयर निष्कासन गरेको थियो । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् १०० कित्ता र सङ्गठित संस्थापक सेयरधनी संस्थाका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् २६० कित्तासम्म सेयर पाएका छन् ।
काठमाडौ । मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले दुई चरणमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) बुधबार बाँडफाँड गरिएको छ ।
कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि सेयर निष्कासन गरेको थियो । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् १०० कित्ता र सङ्गठित संस्थापक सेयरधनी संस्थाका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् २६० कित्तासम्म सेयर पाएका छन् ।
५० देखि ९० कित्ता माग गर्ने २४ हजार ८६६ सञ्चयकर्ताले माग अनुसारको सेयर प्राप्त गरेका छन् भने १०० देखि ५०० कित्ता माग गर्ने १ लाख १४ हजार ९१२ सञ्चयकर्ता सबैलाई ९० कित्ता र ४ हजार ५४३ सञ्चयकर्तालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्तासहित १०० कित्ता सेयर बाँडफाँड भएको छ ।
१ लाख ३९ हजार ८०० सञ्चयकर्ताले साधारण सेयरका लागि आवेदन गरेका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । जसमध्ये १ लाख ३९ हजार ७७८ आवेदन मात्र स्वीकृत भएको थियो ।
दोस्रो चरणमा निष्कासन गरिएको सेयर संस्थापक सङ्गठित संस्थाका ५७३ कर्मचारीले ५० देखि २५० कित्ता माग गर्नेले माग गरेअनुसारकै पाएका छन् । २६० देखि ५०० कित्ता माग गर्ने ७ हजार ८६६ जनामध्ये छ हजार १५४ जनाले २५० कित्ता र १ हजार ७१२ जनाले गोलाप्रथाको माध्यामबाट थप १० कित्तासहित २६० कित्ता सेयर पाएका छन् ।
संथापक स¬ङ्गठित संस्था नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा।लि, नेपाल अरनिको हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिका ८ हजार ४३९ कर्मचारीले सेयर आवेदन गरेका थिए ।
कम्पनीले सञ्चयकर्ताका लागि गत कात्तिक २८ देखि मङ्सिर १४ गतेसम्म र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि गत मङ्सिर १९ देखि २६ गतेसम्म खरिद आह्वान गरेको थियो । रासस