फास्ट ट्र्याक विस्तारमा सेनाले जबर्जस्ती गरेको भन्दै खोकनावासी आन्दोलित (फोटो फिचर)

बुङ्मती र खोकनावासीले माइतीघरमण्डलामा सरकारको विरोध गर्दै प्रदर्शन गरेका छन् । ‘ऐतिहासिक बस्ती विनाश गर्न पाइँदैन, खोकनाबाट सेना फिर्ता गर, व्यक्तिगत सम्पत्तिको अधिकार सुनिश्चित गर, खोकना र बुङ्मतीको संरक्षण गर जस्ता प्लेकार्ड बोकेर उनीहरुले नाराबाजी गरेका थिए ।

काठमाडौं : काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाले निजी जग्गा, वन तथा वातावरणको मूल्याङ्कन नगरी जबर्जस्ती सडक विस्तार गरेको भन्दै खोकना र बुङ्मतीवासी आन्दोलित भएका छन् ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै सडक विस्तार गर्नुपर्नेमा सेनाले निजी जग्गा तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनविपरीत सडक विस्तार गरेको उनीहरुको आरोप छ ।