काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले यसअघि ऋण लगानी गर्ने र संस्थापक लगानीकर्ता संस्थालाई आईपीओ निष्कासन गरिसकेको छ ।