प्राइम कर्मसियल बैङ्कले १६ प्रतिशत बोनस सेयर दिने

प्राइम कर्मसियल बैङ्कले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट तथा नेपाल राष्ट्र बैङ्कको स्वीकृतीपछि वितरण हुने छ ।