नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिने

कम्पनीले २२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने जनाइएको छ । कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस सेयर दिन लागेको हो ।

काठमाडाैं : नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने जनाइएको छ । कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस सेयर दिन लागेको हो ।

आव २०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आब २०७३/७४ मा २९ करोड २४ लाख रुपैयाँ पुगेको छ । चालू आवको असोज मसान्तसम्म कोषको फन्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ ।