तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

कम्पनीको पुस २८ गते हुने वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ ।

काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको पुस २८ गते हुने वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले जारीपुँजी वृद्धि गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । कम्पनीले तेह्रथुमस्थित ७.५ मेगावाटको खोरङाखोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षको असारसम्म आयोजनाबाट बिजुली उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।