नेप्सेले पुस २९ गते आईतबार ३७ औं वार्षिक साधारणभामा चुक्तापुँजी वृद्धिको प्रस्ताव लैजाने भएको हो । गत आर्थिक वर्षमा गरेको नाफाबाट ६६.६७ प्रतिशत बोनस सेयर पारित भएपछि नेप्सेको चुक्तापुँजी बढ्ने भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले चुक्तापुँजी बढाउने भएको छ । नेप्सेले चुक्तापुँजी बढाएर ५० करोड रुपैयाँ पुर्याउने भएको छ ।
नेप्सेले पुस २९ गते आईतबार ३७ औं वार्षिक साधारणभामा चुक्तापुँजी वृद्धिको प्रस्ताव लैजाने भएको हो । गत आर्थिक वर्षमा गरेको नाफाबाट ६६.६७ प्रतिशत बोनस सेयर पारित भएपछि नेप्सेको चुक्तापुँजी बढ्ने भएको हो ।
नेप्सेको चुक्तापुँजी ३० करोड रुपैयाँ छ । यस्तै नेप्सेले साधारण सेयर (आईपीओ) निष्कासन गर्न सरकारकारसँग स्वीकृति मागेको प्रवक्ता मुराहरि पराजुलीले बताए । सरकारले स्वीकृति दिएपछि मात्र आईपीओ निष्कासन हुने पराजुलीले जानकारी दिए ।