काम सुरु भइसक्यो, अब परिवर्तन आभास हुन्छ

पार्टीले स्थानीय तह निर्वाचनमा मेयर पदका लागि टिकट दिएपछि तपाईंले जोडतोडले भन्नुभयो– मलाई निर्वाचित गर्नुहोस्, म एक सय दिनमा १ सय १ काम गर्छु । केही दिनमै त्यो १ सय १ कामको लिस्ट सार्वजनिक पनि गर्नुभयो । अब तपाईं मेयर पदमा निर्वाचित भएको केही दिन बितिसकेको छ । ती १ सय १ कामको अवस्था के छ त ?

मैले त्यतिबेला भनेअनुसार नै हामीले अहिले काम सुरु गरिसकेका छौँ । अहिले म दिनरात नभनी ती काम गरिरहेकाले नै तपाईंसँग कुरा गर्न पनि यतिका दिन लाग्यो ।

चुनावी अभियानमा महानगरको समृद्धिका लागि मैले जेजति विकासको अवधारणा अघि सारेको छु, तीमध्ये केही काम सुरु भइसकेका छन् । कार्यभार सम्हालेपछिको पहिलो बैठकमै हामीले महानगरको विकासका लागि १० निर्णय ग¥यौँ । प्रदूषणमुक्त सहरका लागि ‘क्लिन द सिटी’ अभियान पनि सुरु भइसकेको छ । महानगरलाई धुलोमुक्त पार्ने, सडकका खाल्डाखुल्डी पुर्ने, वृक्षरोपण गर्नेजस्ता काम पनि भइरहेका छन् ।

महानगर, सडक विभाग, मेलम्ची खानेपानी आयोजना, लगानी बोर्डलगायत सरोकारवाला निकायको समन्वयनमा जतिसक्दो छिटो प्रदूषण घटाउन काम अघि बढिसकेको छ । त्यस्तै, सार्वजनिक स्थानमा शौचालय बनाउने निर्णय पनि हामीले गरिसकेका छौँ । त्यसका लागि शौचालय आवश्यक भएका ठाउँका स्थानीयलाई माग पेस गर्न हामीले आह्वान गरेका छौँ ।

मागअनुरुप उपयुक्त स्थानमा शौचालय बनाइनेछ । हामीले चुस्तदुरुस्त सेवा दिने निर्णय गरेअनुसार यो कार्यान्वयनको तहमा पनि पुगिसकेको छ । मैले पदबहाली गरेपछि महानगरको सेवा प्रवाहबारे गुनासो आएका छैनन् । भ्रष्टाचारमा शून्य सहनशीलता अनपनाउने निर्णय कार्यान्वयन भएको छ । संयुक्त राष्ट्र सङ्घ (यूएन)ले समेत सूचीकृत गरेको नेपाल भाषा (रन्जना लिपि) लाई संरक्षण गरी महानगरको कामकाजको भाषा बनाउने योजना पनि अघि बढेको छ । यी सबै काम अब धमाधम कार्यान्वयन हुन थालेका छन् ।  त्यसैले मलाई विश्वास छ, चुनावअघि मैले गरेका प्रतिबद्धता समयमै पूरा हुनेछन् । काठमाडौँलाई नमुना महानगर बनाउन काम सुरु भइसकेका छन्, ३ महिनाजतिमा ती पूरा भइसक्लान् । तर, के बिर्सनु हुँदैन भने यसका लागि सरोकारवाला निकाय तथा नगरबासीको पनि त्यत्तिकै समन्वय तथा सहयोग चाहिन्छ ।

अर्को कुरा, मैले गरेजस्तै प्रतिबद्धता अन्य दलका उम्मेदवार ले पनि आआफ्नै ढङ्गमा राख्नुभएको थियो । त्यसैले महानगरको विकासको अजेन्डा मेरो एकलौटी होइन, सबैको साझा हो । अब यी अजेन्डा पूरा हुन सबै दलको उत्तिकै साथ र सहयोग चाहिन्छ । त्यो साथ र सहयोग लिएर म अगाडि बढ्नेछु ।
काठमाडौँलाई हरभरा एवम् प्रदूषणमुक्त सहर बनाउने योजना त बारम्बार संसदीय निर्वाचनमा दलहरुले उठाएकै विषय हो । झन्, यसअघि त काठमाडौँलगायत अरु केही सहरलाई स्मार्ट सिटी बनाउने योजना बजेटमै पारियो । तर, यो सब प्रतिबद्धतामै सीमित भयो, केही काम भएको देखिँदैन ।

काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना तपाईंको पनि छ ?

विगतमा केन्द्रीय स्तरबाटै काठमाडौँलाई स्मार्ट सिटी बनाउने सोच बन्यो र यो सैद्धान्तिक रुपमा अगाडि बढिरहेको पनि छ । अब त्यो सोचलाई कार्यान्वयनमा लगेर मूर्त रुप दिने समय आएको छ । तर, हालको काठमाडौँको मुख्य सहरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्न गाह्रो छ। यसलाई स्मार्ट सिटी होइन, पुराताङ्खिवक, धार्मिक एवम् पर्यटकीय सहरका रुपमा पो विकास गर्नुपर्छ ।

किनकि यो पुरानो सहरलाई स्मार्ट सहरका विशेषताले पूर्ण बनाउन सजिलो छैन । त्यसैले, स्मार्ट सिटीका लागि जिल्लाभित्रकै अन्य नयाँ ठाउँ पहिचान गरेर अगाडि बढ्न सकिन्छ । सुन्दर काठमाडौँको ठूलो समस्या हो– बाक्लो जनघनत्व । देशको राजधानी भएकाले अब पनि काठमाडौँमा आउने मानिसहरुको सङ्ख्या घट्ला भन्ने सोच्न सकिँदैन ।

काठमाडौँलाई व्यवस्थित बसोवासको सहर बनाउन तपाईंसँग के योजना छन् ?

व्यवस्थित सहर बनाउनकै लागि हामीले प्रदूषण घटाउने विभिन्न योजना कार्यान्वयन हुन थालेका हुन् । व्यवस्थित सहर बनाउन महानगर मात्र पनि होइन, उपत्यकाका अन्य सहर तथा नगरमा पनि विकास जरुरी छ । त्यसैले, उपत्यकाका अन्य नगरसँग हामी अत्यन्त नजिक रहेर र समन्वय गरेर पूर्वाधार विकासको काम अगाडि बढाउने योजनामा छौँ ।

काठमाडौँ जिल्लाकै कतिपय ठाउँमा अझै पनि सडक पुगेका छैनन्, ती ठाउँ नेपालको राजधानी सहरनिकट छन् भन्दा पत्यार नलाग्न सक्छ । अब ती ठाउँमा पनि पूर्वाधार विकास गर्नुपर्छ । त्यहाँ सडक, व्यवस्थित पार्किङ, पार्क, अस्पताललगायत भौतिक पूर्वाधार निर्माण गर्न सकियो भने महानगरको जनसङ्ख्या वितरण समावेशी हुन्छ । जनसङ्ख्या समावेशी रुपमा राजधानीभित्र वितरण भयो भने उपत्यका आवासका लागि उपयुक्त सहरका रुपमा विकास गर्न सकिन्छ ।

महानगरको पूर्वाधार विकासका लागि आन्तरिक राजस्वबाट उठ्ने र केन्द्र सरकार तथा दातृ निकायहरुको सहयोगबाट आउने रकम पनि प्रयोग हुनेछ । त्यसैले मलाई विश्वास छ– हामीले काठमाडौँमा विकास र समृद्धिका योजना कार्यान्वयनमा लैजान सक्छौँ र काठमाडौँ नमुना महानगर बन्खनेछ ।

महानगरको अर्को ठूलो समस्या भनेको रोजगारी हो । अहिले यहाँ पनि रोजगारी नपाएकैले कैयौँ युवा विदेशिन बाध्य छन् । महानगरमा बस्ने अधिकांशको जीवनशैलीमा खासै परिवर्तन आउन सकेको छैन । अब तपाईंको कार्यकालमा महानगरवासीको जीवनमा कस्तो आर्थिक–सामाजिक परिवर्तन आउला भन्ने सोच्नुभएको छ ?

पहिलो कुरा त हामी हाम्रै कमजोर मानसिकता र सोचका कारण समृद्ध हुन सकेका छैनौँ । आफूसँग भएको मणि नचिनेर हामी मणि खोज्न विदेश गइरहेका छौँ । विडम्बना ! हामीले नचिनेका तर हामीलाई आर्थिक रुपमा समृद्ध बनाउन सक्ने सेवाको व्यापारचाहिँ अरुले गरिरहेका छन् । उदाहरणकै रुपमा हामीले छिमेकी मुलुकबाट आएर काठमाडौँमा काम गर्ने व्यक्तिहरुलाई लिन सक्छौँ । उनीहरुले यहाँ मासिक ५०÷६० हजार सजिलै कमाइरहेका छन् । तर, हामी २०÷२५ हजार कमाउन विदेश जान खोज्छौँ । अहिले त झन् हामी पुनर्निर्माण, नवनिर्माणको चरणमा छौँ । त्यसैले, यहाँ ठूलो जनशक्तिको आवश्यकता छ ।

त्यस्तै, कृषिक्षेत्रमा पनि जनशक्तिको अभाव छ । हस्तकला, गरगहना उत्पादनमा पनि ठूलो सङ्ख्यामा जनशक्तिको आवश्यकता छ । हाम्रो देशमा भएका कच्चापदार्थ लगेर प्रशोधन गरेर विदेशी यहाँ नै ती सामान बेचेर फाइदा गरिरहेका छन् । तर, हामी त्यसमा चुकिरहेका छौँ । काठमाडौँको जस्तो ‘कुल’ मौसम छाडेर कतार, दुबई, मलेसियाजस्ता देशमा हामी जान हतारिएका छौँ । ती देशमा जस्तो युवा जनशक्तिले नेपालमा नै पसिना बगाउने हो भने समृद्धि र आर्थिक–सामाजिक अवस्थामा ठूलो कायापलट हुनेछ ।

तर, यहाँ कामलाई सम्मान गरिँदैन, काम गरेकै आधारमा सामाजिक बहिष्कारमा समेत परिने सोच हाम्रो समाजमा व्याप्त छ । सबैभन्दा पहिले काम सानोठूलो हुँदैन भन्ने सोचको विकास गर्नु छ । सकारात्मक सोचको विकास सुरुवात सबैले आफूबाट गर्नुपर्छ । अब युवाले यहाँ नै काम गर्ने सोच बनाउनुपर्छ, हामी त्यसमा सहजीकरण गर्छौँ ।

काठमाडौँ पुराताङ्खिवक सहर भएकाले पनि पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु हो । यसबारे केही सोच्नुभएको छ ?

काठमाडौँको पर्यटन धार्मिक, सांस्कृतिक, पुराताङ्खिवक सम्पदासँग जोडिएको पर्यटन हो । पशुपतिनाथ, स्वयम्भूनाथ, वसन्तपुर दरबार क्षेत्र, नारायणहिटी, मठमन्दिर, जात्राहरु यहाँका पर्यटनका मुख्य धरोहर हुन् । यहाँ बाह्य र आन्तरिक दुवै पर्यटनलाई बढावा दिनुपर्ने आवश्यकता छ । यसका लागि हामीले ती सम्पदाको संरक्षण र नयाँ पूर्वाधारको विकास गर्ने सोच बनाएका छौं । खुला ठाउँहरुमा मनोरञ्जन पार्क तथा सवारी पार्किङ स्थलहरु निर्माण गर्ने पनि हाम्रो योजना छ ।

पर्यटन प्रवद्र्धन गर्न सम्भावित पर्यटकीय क्षेत्रहरु वा निश्चित ठाउँहरु तोकेर त्यहाँका बजार, यातायात, मनोरञ्जन स्थलहरु चौबीसै घन्टा खोल्ने व्यवस्था गर्नेछौं । यसका लागि कार्य समय तीन सिफ्टमा परिवर्तन गर्नुपर्ने हुन्छ । र, सुरक्षा व्यवस्था चुस्त हुनुपर्छ । त्यही दिशामा हामी लागेका छौं । छिट्टै ठोस निर्णय हुन्छ र हामी अघि बढ्छौँ ।