किराँतीको महान् चाड उधौँली पर्व (फाेटाे फिचर)

प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली पर्वमा किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

किराँतीको महान् चाड उधौँली पर्व यस वर्ष हिजाेदेखि मनाइएको छ । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली पर्वमा किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउँछन् । राई जातिले उँधाैली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलस्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाउने गरेका छन् । तस्बिर : सुजन गुरूङ