बुधबार समितिले अर्थमन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको थियो । त्यसैको कार्यान्वयनस्वरुप नेपाल राष्ट्र बैङ्कको पहलमा बैङ्करबीच ब्याजदर घटाउने सहमति भएको थियो । बैङ्करबीच ब्याजरद ९.५ प्रतिशतमा कायम राख्ने सहमति भएको थियो । यसअघि बैङ्कहरुले १३ प्रतिशतसम्मको ब्याजदर कायम गरेका थिए ।
काठमाडौंः अर्थमन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन कार्यान्वयनका लागि पहिलो चरणमा बैङ्कहरुबीच ब्याजदर घटाउने सहमतिसँगै सेयर बजारमा उछाल देखिएको छ । यी घटनाक्रमपछि पहिलो पटक आइतबार खुलेको सेयर बजार सुरुमा २२ अङ्क बढे पनि मध्यकालीन समयमा १८ अङ्कको हाराहारीमा चलेको थियो । तर, अन्तिम समयमा एकाएक बजारमा चमक देखियो र ३२ अङ्कभन्दा बढीको वृद्धि देखियो । यो रफ्तार कायम रहेमा आगामी केही दिन बजार बढ्ने सङ्केत गर्छ । तर, लगानीकर्ताले संयमता अपनाएनन् भने जतिखेर पनि फस्न सक्छन् ।
बुधबार समितिले अर्थमन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको थियो । त्यसैको कार्यान्वयनस्वरुप नेपाल राष्ट्र बैङ्कको पहलमा बैङ्करबीच ब्याजदर घटाउने सहमति भएको थियो । बैङ्करबीच ब्याजरद ९.५ प्रतिशतमा कायम राख्ने सहमति भएको थियो । यसअघि बैङ्कहरुले १३ प्रतिशतसम्मको ब्याजदर कायम गरेका थिए ।
आइतबार सेयर बजार उत्साहजनक रुपले बढेसँगै नेप्से परिसूचक १२०० अङ्कको नजिक पुगेको नेप्सेमा आइतबार करिब १ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ । यस्तै अर्थमन्त्रालयले बनाएको मुद्रा तथा पुँजी बजार अनुसन्धान समितिले बुझाएको प्रतिवेदन सम्बोधन हुने सम्भावनाले पनि बजारलाई सकारात्मक ऊर्जा दिएपछि बजार बढेको हो ।
आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२ अङ्क बढेको छ । कारोबारको सुरुदेखि नै बढ्न थालेको बजारमा आज ८७ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । १ सय ६४ कम्पनीका ८ हजार ६ सय ७० कारोबारबाट २८ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । ११६६.३३ अङ्कबाट सुरु भएको बजार ३२ अङ्कले बढ्दै ११९८.१८ अङ्क कायम भएको छ ।
गत साता १७ अङ्कले बढेको नेप्सेमा आज आइतबार कारोबार सुरु भएदेखि नै उकालो लाग्यो । कारोबार खुलेको ३० मिनेटभित्र २४ अङ्कले बढ्दै ११८९ अङ्कको बिन्दुमा पुगेको नेप्से त्यसपछि ६ अङ्कले ओरालो लाग्यो र १८ अङ्क बढेको अवस्थामा ११८३ अङ्क कायम भयो । फेरि स्थिर अवस्थामा बढेको नेप्से अन्तिम ३० मिनेटमा १० अङ्क माथि चढ्यो ।
नेप्सेमा उत्साह आएको दिन आज सनराइज बैङ्कको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ८ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको हो । आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कैलाश विकास बैङ्कको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।
नेप्सेमा आज कारोबार भएका सबै १० समूहमध्ये ९ समूहमा उत्साहजनक सुधार आएपछि त्यसको प्रत्यक्ष प्रभाव समग्र नेप्सेमा देखिएको हो । आइतबार उत्पादनमूलक समूह ६.०५ अङ्कले घट्नुबाहेक सबै समूहमा सुधार आएको छ । सबैभन्दा बढी जीवन बिमा २४७.३३, निर्जीवन बिमा ३१८.०२, लघुवित्त ६३.७५, होटल ६३.९२, विकास बैङ्क २८.६४, जलविद्युत् २६.१६ तथा बैङ्किङ २४.९३ अङ्कले बढेको छ ।