सिंगटी हाइड्रो  इनर्जीले आईपीओ निष्कासन गर्ने, आयोजनाबाट असारदेखि बिजुली उत्पादन हुने

कम्पनीले दोलखाको सिंगटी खोला २५ मेगावाटको सिगंटी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सिंगटीको करिब ८५ प्रतिशत काम सकिएको छ । आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य छ । ढिलोमा असारदेखि बिजुली उत्पादन सुरु हुने आयोजनाले जानकारी दिएको छ ।

काठमाडौं । निजी लगानीमा निर्माणाधीन सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने रकम भने खुलाएको छैन ।

आईपीओ निष्कासन गर्न कम्पनीले पुस ३० गते हुने साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । यसैगरी कम्पनीले चुक्तापुँजी बढाउने भएको छ । चुक्तापुँजीभन्दा बढी कर्जा लिने र आईपीओ निष्कासन नहुन्जेल सो बराबर कर्जा लिने प्रस्ताव सभामा पेश हुने कम्पनीले जनाएको छ ।

कम्पनीले दोलखाको सिंगटी खोला २५ मेगावाटको सिगंटी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सिंगटीको करिब ८५ प्रतिशत काम सकिएको छ । आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य छ । ढिलोमा असारदेखि बिजुली उत्पादन सुरु हुने आयोजनाले जानकारी दिएको छ ।

विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका २ युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । आयोजना बनाउन ४ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजना सिभिल बैङ्कको नेतृत्वमा १० अाेटा बैङ्कले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड स्वपुँजी (इक्विटी) लगानी छ । १६ मेगावाटमा निर्माण सुरु गरिएको आयोजना ९ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुराइएको होे ।