स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।
गलेश्वर । प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवर्द्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरिने भएको छ ।
स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे सङ्क्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गालगायत भकिम्लीमा रहेका सम्भावनायुक्त ठाउँमा पर्यटन प्रवर्द्र्धनका विषयमा छलफलसमेत हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले जानकारी दिए ।
“स्थानीय कला संस्कृतिको सम्वर्द्र्धन, माघे सङ्क्रान्ति मेला पर्यटन प्रवर्द्र्धन’ भन्ने मूल नाराको साथ हुन लागेको उक्त कार्यक्रममा चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ । पुस २९ गते म्याग्दी भ्रमण वर्षलाई लक्षित गरी पर्यटन पदयात्रासमेत गरिने कलबका अध्यक्ष भीम पुनले बताए ।