लोभ्याउने लोमान्थाङ

पोखराबाट १० घण्टाको जिप सफारीमा पुगिने जोमसोमबाट कालिगण्डकीको किनारैकिनार लोमान्थाङ पुग्दा घुमफिर रुचाउनेलाई अल्टिमेट आनन्द भेटेको अनुभूति हुन सक्छ । लोमान्थाङ पुग्ने बाटोमा र पुगिसकेपछि वरपर देखिने गुफाहरु जति रहस्यात्मक छन्, त्यति नै त्यहाँको जीवनशैली लोभलाग्दो छ ।

हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ पुग्दा अच्चममा नपर्ने सायदै कोही होला । यहाँको भूबनोट नेपालका अन्य ठाँउको भन्दा बिल्कुल फरक छ । पहाडमा मरुभूमीको अनुभूत गर्न मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ पुगे हुन्छ ।

पोखराबाट १० घण्टाको जिप सफारीमा पुगिने जोमसोमबाट कालिगण्डकीको किनारैकिनार लोमान्थाङ पुग्दा घुमफिर रुचाउनेलाई अल्टिमेट आनन्द भेटेको अनुभूति हुन सक्छ । लोमान्थाङ पुग्ने बाटोमा र पुगिसकेपछि वरपर देखिने गुफाहरु जति रहस्यात्मक छन्, त्यति नै त्यहाँको जीवनशैली लोभलाग्दो छ ।

नजिकै देखिने हिमाल र नेपालजस्तो नलाग्ने जीवनशैलीले केही दिन लोमान्थाङ बिताउँदा जसलाई पनि आनन्द आउँछ । पछिल्लो समय बाइकमै पनि पुग्न सकिने लोमान्थाङ घुम्नका लागि पुग्नैपर्ने डेस्टिनेसन हो । त्यही लोमान्थाङ पुगेर क्यापिट नेपालका लागि किरण अधिकारीले कैद गरेका केही तस्बिर :