लाभांशमा घोटालापछि नागबेली सेयरमा बिक्रीको चाप

लाभांशमा सञ्चालक समितिले मनोमानी गरेपछि सेयर किन्नेभन्दा बेच्नेको चाप छ । मार्केटडेप्थमा अहिले कम्पनीको १० कित्ता सेयर खरिद आदेश छ भने ६ सय कित्ता सेयर बिक्री आदेशमा छ ।

नागबेली लघुवित्त वित्तीय संस्थाले पूर्वघोषित लाभांशलाई कटौती गरेपछि लगानीकर्तामा आक्रोश देखिएको छ । गत कात्तिकमा १६.११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको नागबेली सञ्चालक समितिले सोमबार पुरानो निर्णय खारेज गर्दै ९.३८ प्रतिशत बोनस सेयर दिने बताएपछि लगानीकर्ता आक्रोशित भएका हुन् । यसको प्रभाव मङ्गलबारको सेयर खरिदबिक्रीमा देखिएको छ ।

लाभांशमा सञ्चालक समितिले मनोमानी गरेपछि सेयर किन्नेभन्दा बेच्नेको चाप छ । मार्केटडेप्थमा अहिले कम्पनीको १० कित्ता सेयर खरिद आदेश छ भने ६ सय कित्ता सेयर बिक्री आदेशमा छ ।

कम्पनीका सेयरधनीहरुले सेयर मूल्यमा प्रतिकित्ता ४७ रुपैयाँसम्म घटाउँदै बेच्न चाहेका छन् । खरिद कर्ताले प्रतिकित्ता ८२४ रपैयाँमा खरिद आदेश दिएका छन् भने बेच्न चाहने लगानीकर्ताले प्रतिकित्ता ८५२ रुपैयाँदेखि ८४० रपैयाँसम्मको बिक्री आदेश दिएका छन् । कम्पनीको सेयर मूल्यमा साढे ५ प्रतिशतले गिरावट आउँदै ८४० रुपैयाँमा आएको छ ।