सेयरधितो कर्जाको सीमा बढ्यो, बैङ्क तथा वित्तीय संस्थाले ६५ प्रतिशतसम्म लगानी गर्न पाउने

केन्द्रीय बैङ्कले प्राथमिक पुँजीको ४० प्रतिशत मात्र सेयर कर्जा प्रवाह गर्न पाउने भएका छन् । सूचीकृत एक कम्पनीमा बढीमा १० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाउने व्यवस्था गरिएको छ ।

काठमाडौं : बैङ्क तथा वित्तीय संस्थाले ६५ प्रतिशतसम्म सेयरधितो कर्जा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बुधबार निर्देशन जारी गरी हाल कायम रहेको ५० प्रतिशत सीमालाई बढाएर ६५ प्रतिशत पुर्याएको हो ।

कर्जा प्रवाहक लागि सेयर कारोबारको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा प्रकाशित १८० कार्य दिनको औसत मूल्य वा सेयर कारोबार मूल्य जुन कम हुन्छ सो रकमको ६५ प्रतिशतसम्म सेयर कर्जा प्रवाह गर्न सकिने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ । सेयरधितो कर्जाको अवधि १ वर्ष मात्र तोएिको छ ।

लेखापरीक्षण नगराइएका, समस्याग्रस्त र पुँजीकोष ऋणात्मक भएका, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण हटाइएको कम्पनीको सेयरमा लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।

केन्द्रीय बैङ्कले प्राथमिक पुँजीको ४० प्रतिशत मात्र सेयर कर्जा प्रवाह गर्न पाउने भएका छन् । सूचीकृत एक कम्पनीमा बढीमा १० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाउने व्यवस्था गरिएको छ ।

कर्जा लगानी गर्ने बैङ्क तथा वित्तीय संस्थाले कर्जा असुल्न आफैले सेयर सकार गर्न नपाइने भएको छ । यदी यसो गरेको भएमा तत्काल सेयर बिक्री गर्नुपर्ने नभए सो कर्जाको शत्प्रतिशत कर्जा नोक्सानको व्यवस्था गर्नुपर्ने छ ।

सरकारले राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित मुद्रा र पुँजी बजारमा देखिएका समस्याको समधान सुझाव दिन गठित समिले गरेको शिफारिशका आधारमा केन्द्रीय बैङ्कले सेयरधितो कर्जाको सीमा बढाएको हो ।

राष्ट्र बैङ्कले सेयरधितो कर्जाको सीमा बढाए पनि बैङ्कसँग लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएकाले लगानीकर्ताले ऋण पाउने सम्भावना कम छ ।

माग सम्बोधन भयो : अम्बिकाप्रसाद पौडेल

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले लामो समयदेखि पुँजी बजारको बिकास र बिस्तारका लागि उठाएको माग सम्बोधन भएको बताएका छन् ।

सरकारद्वारा गठित समिति समक्ष प्रस्तुत गरेका मागहरु बुधबार राष्ट्र बैकले सम्बोधन गरेको भन्दै उनले लगानीकर्तालाई वधाइ समेत दिएका छन । राष्ट्र बैंक जस्तै अन्य निकायले पनि बाँकी मागलाई सम्बोधन गर्ने उनले विश्वास व्यत्त गरे ।