ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने

काठमाडौं । ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने भएको छ । बैंकले आवश्यक कागज बुझाएको दिनमै सेयर कर्जा दिने घोषणा गरेको हो ।

बैंकले ज्योति सेयर कर्जा योजना ल्याएर ६५ प्रतिशतसम्म सेयरमा लगानी गर्ने जानकारी दिएको छ । १ वर्षको अवधिका लागि कर्जा दिने बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जाको सीमा बढाएर ६५ प्रतिशत पुर्याएपछि ज्योतिले सेयर कर्जा योजना सार्वजनिक गरेको हो ।