संस्थापक लगानीकर्ताले सेञ्चुरी बैंकको हकप्रद सेयर किनेनन, १८ लाख ७० हजार कित्ता लिलामीमा

हकप्रद सेयर खरिदका लागि शिलवन्दी बोलपत्र पेश गर्ने सुरु पुस १८ गते र अन्तिम दिन पुस २५ गतेलाई तोकिएको सिभिल क्यापिटलले जनाएको छ । आवेदन सिभिल क्यापिटलको कार्यालय सुन्धारा र सेञ्चुरी बैंकको शाखामा आवेदन दिन सकिने छ ।

काठमाडौं । संस्थापक लगानीकर्ताले सेञ्चुरी कमर्शियल बैंकको हकप्रद सेयर नकिनेपछि लिलामी हुन लागेको छ । बैंकले चुत्तापुँजी बढाउन निष्कासन गरेको हकप्रद मध्ये संस्थापक र सर्वसाधारण समूहको गरी १८ लाख ७० हजार २७४ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो ।
जसअनुसार संस्थापक समूहको १४ लाख ६१ हजार ९९ र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता रहेको निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

हकप्रद सेयर खरिदका लागि शिलवन्दी बोलपत्र पेश गर्ने सुरु पुस १८ गते र अन्तिम दिन पुस २५ गतेलाई तोकिएको सिभिल क्यापिटलले जनाएको छ । आवेदन सिभिल क्यापिटलको कार्यालय सुन्धारा र सेञ्चुरी बैंकको शाखामा आवेदन दिन सकिने छ ।
बोलपत्र दाताले न्युनतम १०० र अधिकतम सो भन्दा बढी १० अंकले भाग जाने गरी अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिने सिभिल क्यापिटलले जनाएको छ ।

चुत्तापुँजी बढाउनका लागि अधिकाँश बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्दा संस्थापकले खरिद नगरेको पाइएको छ । पछिल्लो एक वर्षमा सेयर बजार आरोलो लागेका कारण संस्थापकले खदिको चासो नदेखाएका हुन् । एक वर्षको अवधिमा अधिकाँश बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरेका छन् ।