लगानी कोषको सेयर मूल्य ९ प्रतिशत बढ्दा नेप्से घट्यो, कारोबार १ अर्बभन्दा बढी

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०८ अङ्कले घटेको दिन कारोबार भएका ११ समूहमध्ये ३ समूहबाहेक सबै समूह ओरालो लागेका छन् ।

नागरिक लगानी कोषको सेयर मूल्य ९ प्रतिशतले बढेको दिन सेयर बजारमा १ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०८ अङ्कले घटेको दिन कारोबार भएका ११ समूहमध्ये ३ समूहबाहेक सबै समूह ओरालो लागेका छन् । नेप्सेमा उत्पादनमूलक, अन्य र जीवन बिमा कम्पनीबाहेक अरु समूह घटेका छन् ।

सेयर बजार सामान्य अङ्कले ओरालो लागे पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भयो । कम्पनीको आज १४ करोड ८६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । १२१६.२७ अङ्कबाट सुरु भएको नेप्से परिसूचक १.०८ अङ्कले घटेर १२१५.१६ अङ्क कायम भएको छ ।

१ सय ७४ कम्पनीका १० हजार ४ सय ६ कारोबारबाट २८ लाख ७२ हजार कित्ता सेयर किनबेच भई १ अर्ब १२ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको छ । जीवन बिमा १७०.४२, अन्य ११.४६ तथा उत्पादनमूलक १९.१८ अङ्कले बढेको छ । यस्तै बैङ्किङ ६.६६, होटल ६३.६३, निर्जीवन बिमा ४८.६७ अङ्कले घटेका छन् ।