शिवश्री हाइड्रोपावर कम्पनीले १५ करोडको आईपीओ निष्कास गर्ने

कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माण सम्पन्न हुने चरणमा छ ।

काठमाडौ । नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले आयोजना प्रभावित सिन्धुपाल्चोकवासीका लागि कूल १० प्रतिशत आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माण सम्पन्न हुने चरणमा छ । बोर्डले पहिलो चरणमा १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४०० कित्ता आईपीओ सिन्धुपाल्चोकवासीलाई बिक्रीका लागि स्वीकृति दिएको हो ।

इक्रा नेपालले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको आर्थिक अवस्था कमजोर रहेको देखाएको छ । इक्रा नेपालको ग्रेडिङमा सो कम्पनीले ग्रेड चार छ । कम्पनीले दोस्रो चरणमा २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको १५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सवस्टेशनमा जोडिनेछ । रासस