आईपीओ निष्कासन गर्न नेपाल पुनर्बिमा कम्पनीको विशेष साधारणसभा शुक्रबार, १ अर्ब ६० करोडको ल्याउने

साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । आईपीओ निष्कासन गर्नका लागि विशेष साधारणसभा बोलाएको उनले जानकारी दिए ।

काठमाठौं । सरकारको पनि लगानी रहेको नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि शुक्रबार विशेष साधारणसभा बोलाएको छ ।

साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । आईपीओ निष्कासन गर्नका लागि विशेष साधारणसभा बोलाइएको उनले जानकारी दिए । सबै तयारी पूरा भइसकेको र सभाबाट पारित हुनासाथ आईपीओ निष्कासनका लागि प्रक्रिया सुरु हुने भण्डारीले बताए ।

कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्न लागेको हो ।आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङको काम पनि सकिएको भण्डारीले सुनाए । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले नियुक्त गरिसकेको छ ।

पुनर्बिमामा सरकारको ४३.५५ प्रतिशत स्वामित्व छ । गत साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बिमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेका उनले जानकारी दिए । बाँकी १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाउने भएको छ ।

निर्जीवन बिमा व्यवसाय गर्दै आएको भारतको आरेन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल पुनर्बिमाको सेयर नकिनेपछि सरकारले लिएको उनले बताए । ओरेन्टलले भारतबाट स्वीकृति भएर आउन समय लाग्ने भन्दै स्वामित्व खरिद नगरेपछि सोको हिस्सा पनि सरकारले लिएको उनले बताए । नेपालमा बीमा व्यवसाय गर्ने सबै कम्पनीले पुनर्बिमामा लगानी गरिसकेका छन् ।

कम्पनीको पुँजी १० अर्ब रुपैयाँ छ । पुनर्बिमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहेने गरी संरचना तयार पारिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको छ । आईपीओ निष्कासनपछि मात्र कम्पनीले नाफा वितरण गर्ने छ । यो वर्ष नाफा बढाएर दोब्बर अर्थात २ अर्ब रुपैयाँ पुर्याउने भण्डारीले जानकारी दिए ।