केबलकार र बृहत् गुरुयोजनाको आर्किटेक्ट डिजाइन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी सुरु गरिएको कम्पनीले जनाएको छ । परामर्शदाता कम्पनीबाट प्रस्ताव आह्वान गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्न कम्पनीले भनेको छ । संस्थापक सेयर ३ अर्ब तथा साधारण सेयर (आईपीओ) निष्कासन गरेर १ अर्ब २५ करोड रुपैयाँ जुटाउने योजना कम्पनीको छ ।
काठमाडौं । सार्वजनिक, निजी, सहकारीको साझेदारीमा धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा केबलकार निर्माणको काम सुरु हुन लागेको छ । पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडले केबलकारको विस्तृत इन्जिनियरिङको काम सुरु गर्न लागेको हो ।
बृहत् पञ्चासे पर्यटन पूर्वाधारयुक्त केबलकार गुरुयोजना नाम दिइएको केबलकार र अन्य पूर्वाधार बनाउन १० अर्ब रुपैयाँ लाग्ने प्रवर्द्र्धक कम्पनी पञ्चासेले जानकारी दिएको छ ।
केबलकार र बृहत् गुरुयोजनाको आर्किटेक्ट डिजाइन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी सुरु गरिएको कम्पनीले जनाएको छ । परामर्शदाता कम्पनीबाट प्रस्ताव आह्वान गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्न कम्पनीले भनेको छ ।
केबलकारको बटन स्टेसन, बटन स्टेसनको ल्याण्डस्केप, केबलकारको माथिल्लो स्टेसन, वाटर पार्क, फनपार्क, लभ पार्क, हेरिटेज पार्क, होटल, रिसोर्ट, होमस्टे, साइकल लेन, गार्डेनलगायत २६ अाेटा पूर्वाधार तयारीको डिजाइनको काम हुन लागेको हो ।
केबलकार योजना कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा छ । पोखरा क्षेत्रलाई पर्यटनको हब बनाउनका लागि बृहत् पर्यटनको नयाँ गन्तव्य बनाउने र पर्यटकहरुको बसाइ लम्बाउने लक्ष्य लिइएको छ ।
केबलकारको तल्लो स्टेसन कास्कीको घाँटीछिनामा रहने छ र यसको लम्बाई ८.५ किलोमिटर रहने कम्पनीले जानकारी दिएको छ । केबलकारमा ८० अाेटा टावर रहने छन् । एकै पटक २ हजार ४०० यात्रु आउन जान मिल्ने केबलकारमा दैनिक १० हजार यात्रुले यात्रा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । केबलकारले पोखरा र पर्वतलाई जोड्ने छ ।
त्यसैगरी पर्वततर्फ चित्रे वा आर्थर डाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेकोमा केबलकार बनेपछि हट्ने छ । पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रवर्द्धन गर्न केबलकार निर्माण गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
यो वर्षमा शिलान्यास गरेर २०८२ सम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्माण कम्पनीले जनाएको छ । मोनोकेबल डिट्याचेबल प्यासेन्जर केबलकार निर्माणका लागि ३ हजार रोपनी जग्गा आवश्यक पर्ने छ । जग्गाको व्यवस्थापन पनि भएको कम्पनीले जनाएको छ ।
केबलकार निर्माणका लागि पुँजी जुटाउन कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ पुर्याउने भएको छ । पुँजीको व्यवस्थापनमा प्रवर्द्र्धक सेयर ३ अर्ब रुपैंयाँ रहने छ । कर्पोरेट सेयर ५१ प्रतिशत रहनेछ । कास्की, स्याङ्जा तथा पर्वत जिल्लाका प्रभावित क्षेत्रका जनता र अन्यलाई ७–७ प्रतिशत सेयर उपलब्ध गराइनेछ ।
त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई ७ प्रतिशत, कास्की, पर्वत, स्याङ्जामा रहेका सहकारीलाई ६ प्रतिशत, राष्ट्रसेवक कर्मचारीका लागि ५ प्रतिशत, पत्रकारका लागि ३ प्रतिशत, नेपाली सेनाका लागि २ प्रतिशत, नेपाल प्रहरीका लागि २ प्रतिशत, शिक्षकका लागि २ प्रतिशत र श्रमिक र अन्यका लागि २ प्रतिशत सेयर छुट्याएको छ । संस्थापक सेयर ३ अर्ब रुपैयाँ र साधारण सेयर (आईपीओ) निष्कासन गरेर १ अर्ब २५ करोड रुपैयाँ जुटाउने योजना कम्पनीको छ ।