भच्चेक : जताततै सुन्दरता

सदरमुकाम गोरखा बजारबाट दुई घण्टा लाग्ने यो ठाउँ पुग्न राजधानी काठमाडौंबाट भने दिनभर गाडीमा यात्रा गर्नुपर्छ । गुरुङ, तामाङ, नेवारलगायत जातजातिको बसोवास गरेको यो गाउँका मानिस धेरै जसो व्यापार व्यवसायमा संलग्न छन् ।

स्वच्छ, सफा एवम् सुन्दर हिमाली वातावरणले कसको मन नलोभ्याउला ? पक्कै पनि जोकसैको मन आकर्षित हुन्छ नै । तपाईंलाई पनि यस्तै लोभ्याउने स्थानमा जान मन छ भने उपयुक्त रोजाइ हुन सक्छ— गोरखाको भच्चेक बजार र वरपरको स्थान ।

समुद्री सतहबाट करिब १८ सय मिटर उचाइमा रहेको यो बजारलाई प्रकृतिको नमुना नै मान्न सकिन्छ । चिसो, स्वच्छ, सफा, हावापानी, वातावरण एवम् सधैं हाँसिरहने सुन्दर हिमालको दृश्यले यहाँको प्राकृतिक छटामा सुनमा सुगन्ध थपिदिएको छ ।

सदरमुकाम गोरखा बजारबाट दुई घण्टा लाग्ने यो ठाउँ पुग्न राजधानी काठमाडौंबाट भने दिनभर गाडीमा यात्रा गर्नुपर्छ । गुरुङ, तामाङ, नेवारलगायत जातजातिको बसोवास गरेको यो गाउँका मानिस धेरै जसो व्यापार व्यवसायमा संलग्न छन् ।

प्रकृतिको सुन्दर छटाहरुले भरिपूर्ण यो ठाउँको आआफ्नै विशेषता छ । यहाँबाट गणेश, अन्नपूर्णलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, चिसो हावापानी र यहाँका स्थानीयको भ्रातृत्व र आत्मीयतापूर्ण स्वागतले पर्यटकको मन त्यसै त्यसै लोभिन्छ ।

२०७२ को भूकम्पमा बढी प्रभावित भच्चेक बजार अहिले पुनर्निर्माणको चरणमा छ । यो ठाउँमा नेवार, गुरुङ, तामाङ आदि जातिको बाहुल्य छ । यहाँबाट तम्कीगाउँ, सिरनडाँडा, अजिरकोट, दूधपोखरी, नागपोखरी, निम्जेपोखरीलगायत सुन्दर एवम् पर्यटकीय गाउँ जान सकिन्छ ।