काठमाठौं । सरकारको पनि लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको विशेष साधारणसभाले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको छ ।
आईपीओ निष्कासनको बाटो खुला भएको र यसका लागि प्रक्रिया सुरु गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । आईपीओ ल्याउनका लागि निवेदन दिने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्ने छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङको काम पनि सकिएको भण्डारीले सुनाए । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले नियुत्त गरिसकेको छ ।
पुनर्बीमामा सरकारको ४३.५५ प्रतिशत स्वामित्व रहेको छ । गत साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बीमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुत्तानी गरिसकेका उनले जानकारी दिए । बाँकी १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाउने भएको छ ।
निर्जीवन बीमा व्यवसाय गर्दै आएको भारतको आरेन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल पुर्नबीमाको सेयर नकिनेपछि सरकारले लिएको उनले बताए । ओरेन्टलले भारतबाट स्वीकृति भएर आउन समय लाग्ने भन्दै स्वामित्व खरिद नगरेपछि सोको हिस्सा पनि सरकारले लिएको उनले बताए । नेपालमा बीमा व्यवसाय गर्ने सबै कम्पनीले पुर्नबीमामा लगानी गरिसकेका छन् ।
कम्पनीको पुँजी १० अर्ब रुपैयाँ रहेको छ । पुनर्बीमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहेने गरी संरचना तयार पारिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको छ । आईपीओ निष्कासनपछि मात्र कम्पनीले नाफा वितरण गर्ने छ । यो वर्ष नाफा बढाएर दोब्बर अर्थात २ अर्ब रुपैयाँ पुर्याउने भण्डारीले जानकारी दिए ।