सोट्टोको अध्यक्षमा मधुसुदन उपाध्याय

ट्राभल व्यवसायीहरुको संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अप्रेटर (सोट्टो) को अध्यक्षमा मधु सुदन उपाध्याय निर्वाचीत भएका छन् ।

काठमाडौं । ट्राभल व्यवसायीहरुको संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अप्रेटर (सोट्टो) को अध्यक्षमा मधु सुदन उपाध्याय निर्वाचीत भएका छन् । सोट्टोको सनिबार सम्पन्न ११ औं साधारण सभाबाट उपाध्याय सहित १४ सदस्यीय निर्वाचीत भएका हुन् ।
सोट्टोको प्रथम उपाअध्यक्ष नारायण पराजुली, महासचिव भुवनबहादुर पाण्डे,सचिव दिनेश बस्नेत,कोषाध्यक्ष देवराज खनाल र सह कोषाध्यक्षमा भुवन देवि मर्हजन रहेका छन् । यस्तै सदस्यहरुमा सविन खड्का,इन्दिरा देवी गौतम,कमल बहादुर मगर,गंगा प्रसाद गिरी,आनन्द कुमार क्षेत्री,रामस्वरुप महासेट र कमल जि.सी रहेका छन् ।

संस्था गठन भएको छोटो समयमै राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा पर्यटन क्षेत्रको विकासको लागि ठूलो सहयोग पुराएको छ । नवनिर्वाचीत अध्यक्ष उपाध्यायले सरकारले तयारी गरिरहेको भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउन आफ्नो संस्थाले सक्दो सहयोग गर्ने र सरकार सँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।