सन् २०१७ मा कुनै पनि व्यावसायिक यात्रुवाहक जेट विमान दुर्घटनामा नपरेको डच उड्डयन परामर्शदाता फर्म टु७० र उड्डयन सुरक्षा नेटवर्क दुवैले बताएका हुन् ।
एउटा डच कन्सल्टेन्सी फर्म र एउटा उड्डयन सुरक्षा समूह, जसले विमान दुर्घनाको अभिलेख राख्छ, समूहका अनुसार सन् २०१७ मा विमान दुर्घटनामा परी कसैको पनि ज्यान नगएकाले व्यावसायिक यात्रुवाहक जेट विमानका यात्रीहरुका लागि यो वर्ष सबैभन्दा सुरक्षित रह्यो ।
सन् २०१७ मा कुनै पनि व्यावसायिक यात्रुवाहक जेट विमान दुर्घटनामा नपरेको डच उड्डयन परामर्शदाता फर्म टु७० र उड्डयन सुरक्षा नेटवर्क दुवैले बताएका हुन् । ‘२०१७ उड्डयनका लागि सबैभन्दा सुरक्षित वर्ष रह्यो,’ टु७० का एड्रियन योङले भने । कन्सल्टिङ फर्मको अनुमानअनुसार ठूला व्यापारिक यात्रुवाहक विमानको दुर्घना दर ०.०६ व्यक्ति प्रति अर्ब उडान, अथवा हरेक १६ अर्ब उडानमा एउटा दुर्घटना हुने गरेको छ ।
उड्डयन सुरक्षा नेटवर्कले यो पनि बतायो, २०१७ मा कुनै पनि व्यावसायिक यात्रुवाहक जेटमा मृत्यु भएन । तर, कार्गो र व्यावसायिक टर्बो प्रप यात्रुविमान गरी १० ओटा दुर्घटनाग्रस्त विमानमा उडानका क्रममा ४४ र भूइँमा ३५ जना हताहत भएका थिए । यो सङ्ख्यामा डिसेम्बरमा मारिएका १२ जना यात्रीहरु पनि पर्छन् जुन नेचर एयर सेस्ना २०८बी ग्र्यान्ड क्याराभान जहाज उडानको केही बेरमै कोस्टारिकाको पुन्टा इस्लितास्थित समुद्री तटीय नगरको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । तुलनात्मक रुपमा २०१६ मा १६ ओटा विमान दुर्घटना र त्यसमा ३०३ जनको मृत्यु भएको थियो ।
सबैभन्दा दुखद् घटना गत वर्ष जनवरीमा भयो जब एउटा टर्किस कार्गो जेट बाक्लो कुहिरोमा नजिकैको विमानस्थलमा अवतरण गर्न लाग्दा किर्गिस्तानको एउटा गाउँमा बजारियो । उक्त दुर्घटनामा विमानभित्रका ४ जना र ३५ जना स्थानीय व्यक्ति मारिए ।
बितेका दुई दशकमा विश्वभरिमा हवाई उडानबाट हुने मृत्यसङ्ख्या घटिरहेको छ । उड्डयन सुरक्षा नेटवर्कले भनेको छ, सन् २००५ मा विश्वभरि एक हजार १५ व्यक्तिको व्यावसायिक यात्रु विमानमा मृत्यु भयो । सन् २००९ को फेब्रुअरीमा संयुक्त राज्य अमेरिकामा एउटा यात्रुवाहक जेट विमान दुर्घटना भयो । कोल्गन एयरको फ्लाइट ३४०७ को सो विमान क्लारेन्स सेन्टर, न्यूयोर्कको धावनमार्गमा भएको सो दुर्घटनामा विमानभित्रका ४९ र एकजना ग्राउन्डमा मारिएका थिए । अमेरिकामा सन् २०१६ मा भएको हवाई दुर्घटनामा कुल ४ सय १२ जना मारिए । मारिनेहरुमा प्रायः सबैजसो समान्य विमानका यात्री थिए, व्यावसायिक विमानका कोही पनि थिएनन् ।
अहिलेसम्मका दुखद् यात्रुवाहक जेट विमान दुर्घना मेडेलिन, कोलम्बियामा नोभेम्बर २०१६ मा भयो । र, व्यावसायिक यात्रुवाहक विमान दुर्घटना अक्टुबर २०१५ मा इजिप्टमा भएको हो जसमा सयभन्दा बढी यात्री हताहत भएका थिए ।
रोयटर्स