काठमाडौं । निजी लगानीमा स्थापना भएको पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँचथरलाई आईपीओ निष्कासन गर्न आईतबार अनुमाति दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९ करोड ६२ लाख ५० हजार रुपैयाँको ९ लाख ६२ हजार ५०० कित्ता र सर्वसाधारणलाई पनि सोही अनुपातमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले पाँचथरमा १४.९ मेगावाटको हेवाखोला आयोजना निर्माण गरिसकेको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।