नेपाल राष्ट्र बैङ्कले सेयर बजारमैत्री रिपोर्ट सार्वजनिक गरेको तथा छानबिन समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुने सङ्केत पाएपछि बुधबार सेयर बजारले छलाङ् मारेको थियो ।
गत साताको बुधबार ३० अङ्कको सुधार आउँदै १२०० अङ्कभन्दा माथि चढेको सेयर बजार परिसूचक फेरि ओरालो लागेको छ । नेपाल राष्ट्र बैङ्कले सेयर बजारमैत्री रिपोर्ट सार्वजनिक गरेको तथा छानबिन समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुने सङ्केत पाएपछि बुधबार सेयर बजारले छलाङ् मारेको थियो । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३० अङ्कले बढ्दै १२१६ अङ्क कायम भएको थियो ।
तर, यस साताको पहिलो दिने आइतबारदेखि नै घट्न सुरु गरेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सोमबार १७ अङ्कले घटेसँगै ११८७ अङ्क कायम भएको छ । आइतबार १० अङ्कले तथा सोमबार १७ अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक साढे २ घण्टामा ११ अङ्कभन्दा बढीले घटेको थियो । त्यससँगै उकालो लाग्ने सङ्केत दिएको नेप्से ५ अङ्क बढेपछि पुनः घट्न थालेको नेप्से अन्तिममा अङ्कले १७.२६ घटेर ११८७ अङ्क कायम भएको हो ।
नेप्सेमा सोमबार १ सय ६७ कम्पनीका ५ हजार २ सय ५८ कारोबारबाट ११ लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भई ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी २ करोड ८८ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा जेबिल्स फाइनान्सको सेयर मूल्य ४.९० प्रतिशतले बढेको छ भने महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२४ प्रतिशतले घटेको छ ।