कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गरेर जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले आगामी पुस ३० गते हुने नवौं वार्षिक साधारणसभामा आईपीओ निष्कासन गर्नका लागि विशेष प्रस्ताव लैजाने भएको छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासको प्रक्रिया अघि बढ्ने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित चन्द्रागिरी हिल्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रवन्धपत्र तथा नियमावली संशोधन गरेर जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले आगामी पुस ३० गते हुने नवौं वार्षिक साधारणसभामा आईपीओ निष्कासन गर्नका लागि विशेष प्रस्ताव लैजाने भएको छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासको प्रक्रिया अघि बढ्ने कम्पनीले जानकारी दिएको छ ।
केललकार आईएमई ग्रुपलगायत अन्य व्यवसायीक घरनाले सञ्चालनमा ल्याएको हो । २०७३ देखि सञ्चालनमा आएको केवलकारको उद्ध्घाटन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले सोही वर्षको मंसिर ३० गते गरेका थिए ।
समुद्री सतहबाट २ हजार ५५१ मिटरको उचाइमा रहेको छ ।
केबुलकार निर्माण अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले केबलकार निर्माण गरेको हो । राजधानी र मकवानपुर जिल्ला छुने चन्द्रागिरीको डाँडोमा कम्पनीले केवलकारको अतिरित्त रिसोर्ट सञ्चालनमा ल्याउदै छ ।
चालू आर्थिक वर्षको बजेटमा १ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण सेयर निष्कासन गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । यस्तै नेपाल धितोपत्र बोर्डले पनि न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्न बाटो खुला गरेपछि निजी क्षेत्र धमाधक आईपीओ निष्कासनमा आउन लागेको हो ।