निर्जीवन बिमा, लघुवित्त तथा जीवन बिमाको सेयर मूल्य बढेको छ । होटल, बैङ्किङ तथा जलविद्युत् समूह भने ओरालो लागेका छन् । यस्तै विकास बैङ्क, फाइनान्स र अन्य समूह पनि घटेका छन् । सेयर कारोबार खुम्चिएर २२ करोड ८५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं : सेयर बजार घटिरहेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । मङ्गलबार बजार १.३ अङ्कले घट्दा नेपाल लाइफको सबैभन्दा बढी सेयर कारोबार भएको हो ।
मङ्गलबार नेपाल लाइफको सेयर प्रतिकित्ता १ हजार १०९ रुपैयाँमा १ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफले यो वर्ष पनि आकर्षक लाभांश दिने आशामा लगानीकर्ताले सेयर किनेका हुन् । गत वर्ष कम्पनीले सेयरधनीलाई ७० प्रतिशसम्म लाभांश दिएको थियो । यो वर्ष नाफा बढेकाले धेरै लाभांश पाउने आशा गरेका छन् । कम्पनीको बिमाङ्कीय मूल्याङ्कन (एक्च्युरी) को काम सकिएपछि लाभांश घोषणा हुनेछ । यस्तै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कको प्रतिकित्ता प्रतिकित्ता २१३ रुपैयाँ १ करोड ६ लाख रुपैयाँको सेयर काराबोर भएको छ ।