आइएमई ट्राभलद्वारा सटल बस सेवा प्रारम्भ

चन्द्रागिरि हिल्स लिमिटेडको सिटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे छुट्ने उक्त बसले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्की हुँदै चन्द्रागिरि हिल्सको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ ।

काठमाडौं : आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभलले अङ्ग्रेजी नयाँ वर्ष – २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवा प्रारम्भ गरेको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडको सिटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे छुट्ने उक्त बसले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्की हुँदै चन्द्रागिरि हिल्सको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ ।

साँझ ४ बजे चन्द्रागिरि हिल्सको बेस स्टेसनबाट छुट्ने उक्त बससेवा कलङ्की, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाट हुँदै पानीपोखरीसम्म आइपुग्ने छ । चन्द्रागिरिसम्म पुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधासम्पन्न बस सेवा सञ्चालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।