सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वाँस्कोटाले भने, ूहामीले गम्भीरतापूर्वक लिएका छौँ। प्रमुख प्रतिपक्षी दलको नेताले रोष्ट्रममा उभिएर छानबिनको माग गर्नुभएको छ। हामी त्यो छानबिन होओस् भन्ने चाहन्छौँ। यो लुकाइराख्नुपर्ने, तर्सिनुपर्ने विषय होइन। यसको छानबिन गर्न सरकार सकारात्मक छ।
काठमाडौं । नेपाल वायुसेवा निगमले किनेका दुई ओटा वाइडबडी विमान खरिदमा घोटाला भएको प्रतिवेदन बाहिर आएपछि सरकारले छानबिन गर्ने भएको छ । छानबिनका लागि गृहकार्य भइरहेको सरकारका प्रवक्ताले बताएका छन् ।
संसदीय समितिले छानबिन गरिरहेकाले अर्को समिति बनाउने वा कसरी त्यसको छानबिन गर्ने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ । आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्याएको संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका सदस्यहरूले वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको पाइएको बताएका छन् ।
स्थापनाको ६० वर्षको इतिहासमा पहिलो पटक नेपाल वायुसेवा निगमले दुई ओटा वाइडबडी विमान खरिद गरेको थियो । हाल सञ्चालनमा रहेका ती विमान खरिदमा अनियमितता भएको भन्दै विभिन्न क्षेत्रबाट टिप्पणी भइरहँदा संसद्मा समेत त्यो विषय प्रवेश गरेको छ । तर सरकारको मौनतामाथि प्रश्न उठिरहेका बेला सरकारले पनि यस विषयमा हात हाल्न खोजेको जस्तो देखिएको छ ।
बीबीसीसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘हामीले गम्भीरतापूर्वक लिएका छौँ । प्रमुख प्रतिपक्षी दलको नेताले रोष्ट्रममा उभिएर छानबिनको माग गर्नुभएको छ। हामी त्यो छानबिन होओस् भन्ने चाहन्छौँ । यो लुकाइराख्नुपर्ने, तर्सिनुपर्ने विषय होइन । यसको छानबिन गर्न सरकार सकारात्मक छ ।’
संसदीय समितिले उपसमिति बनाएर छानबिन गररिहेकाले अर्को समिति बनाउने वा कसरी छानबिन गर्ने भन्नेबारे टुङ्गोमा पुग्न बाँकी रहेको उनले बताए ।
‘समितिमाथि समिति भन्ने प्रश्न उठ्छ कि उठ्दैन, सार्वभौम संसद्ले आफ्नो विषय बनाएपछि त्यो कुराको कानूनी निरुपण कसरी गर्न सकिन्छ, छानबिनलाई कसरी अगाडि बढाउने त्यसका कानूनी जटिलता र सहजताका के छन् भन्नेबारेमा छलफल गरिरहेका छौँ,’ उनले भने ।
छानबिन सकेको भनेको उपसमितिले वाइडबडी विमान खरिद प्रक्रियाबारे मङ्गलबार अबेरसम्म प्रतिवेदन तयार पार्ने र बुधबार मूल समितिलाई बुझाउने जनाएको छ ।
उपसमिति सदस्य सांसद चन्दा चौधरीले भनिन्, ‘खरिदमा अनियमितता छ, किस्ताहरू दिनेमा छ, कम्पनीहरू कसलाई कति रकम दिएको भन्ने यकिन छैन । ती आएका सबै विवरणलाई राखेर अनियमितता त हो त्यसलाई कानूनसम्मत अनुसन्धान गर्नुपर्ने निकायले अनुसन्धान होओस् भन्ने निष्कर्ष निस्किन्छ ।’
यसअघि पनि धेरै पटक नेपाल वायुसेवा निगमले किनेका जहाज खरिद प्रक्रिया विवादित बनेका थिए । जुन धमिजा काण्ड, चेज एयर काण्ड, लाउडा एयर काण्ड, चाइना साउथवेष्ट काण्ड, एयरबस काण्डका रूपमा चिनिने गर्दछन्। स्रोतः बीबीसी